07 Kartik, 2078 / 24 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


फाइजर खोप बालबालिकामा ९१ प्रतिशत प्रभावकारी

फाइजर खोप बालबालिकामा ९१ प्रतिशत प्रभावकारी



एजेन्सी । फाइजरको खोप बालबालिकाको लागि ९१ प्रतिशत प्रभावकारी पाइएको दाबी गरिएको छ। सार्वजनिक नतिजाअनुसार ५ देखि ११ वर्ष उमेर समूहमा यो खोप निकै प्रभावकारी देखिएको हो।अमेरिकाले यो उमेर समूहमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ। यही समयमा यो नतिजा सार्वजनिक भएको हो। 
फाइजरले २ हजार २६८ बालबालिकालाई खोपको परीक्षणमा सहभागी गरेको थियो। उनीहरुलाई तीन साताको अन्तरमा  २ डोज खोप दिइएको थियो। यसअघि १२–१८ वर्ष उमेर समूहमा पनि फाइजरको खोप ९३ प्रतिशत प्रभावकारी पाइएको थियो। आगामी साता अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले सार्वजनिकरुपमा यो खोपलाई अनुमति दिने वा नदिने भन्ने निर्णय गर्ने बताइएको छ।  यसअघि नै यो खोप १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसमा प्रयोगको अनुमति दिइसकिएको छ।


सिरियामा अमेरिकी ड्रोन आक्रमण, अलकायदाका नेता मारिए

सिरियामा अमेरिकी ड्रोन आक्रमण, अलकायदाका नेता मारिए



एजेन्सी । अमेरिकी सेनाले सिरियामा गरेको ड्रोन आक्रमणमा अल कायदाका वरिष्ठ नेता अब्दुल हामिद अल मतार मारिएको दाबी गरेको छ। अमेरिकाको सेन्ट्रल कमाण्डका प्रवक्ताका अनुसार यो आक्रमणमा अन्य मानिसको मृत्यु भएको खुलेको छैन। अमेरिकाले एमक्यु–९ ड्रोन प्रयोग गरी सिरियामा आक्रमण गरेको थियो। दुईदिनअघि मात्र सिरियाको दक्षिणी क्षेत्रमा अमेरिकी आउटपोस्टमा यसअघि आक्रमण भएको थियो। 
अल कायदाका वरिष्ठ नेता मारिएसँगै अब सिरियामा आतंकवादी समूहको गतिविधि पनि घट्ने विश्वास अमेरिकाले लिएको छ।

अल कायदाले पछिल्लो समय सिरियालाई आफ्नो सुरक्षित भूमिको रुपमा प्रयोग गरिरहेको अमेरिकाले बताएको छ। गत सेप्टेम्बरमा पनि अमेरिकी सेनाले सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो। उक्त आक्रमणमा अल कायदाका अर्का नेता सालिम अबु अहमद मारिएका थिए।
 


 डब्ल्यूएचओले भन्यो, ‘स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराऊ’

 डब्ल्यूएचओले भन्यो, ‘स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराऊ’



एजेन्सी । विश्व स्वास्थ्य संगठनले  स्वास्थ्यकर्मीलाई सहज रुपमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ। विश्वमा स्वास्थ्यकर्मी नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै संगठनले उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो।
विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ। सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको विश्व स्वास्थ्य संगठनको भनाइ छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रियेससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए। अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीको तथ्यांक हेर्दा ती देशका ४० प्रतिशतले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेको उनको भनाइ छ।
 


रूसमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म सार्वजनिक बिदा

रूसमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म सार्वजनिक बिदा



एजेन्सी । रुसले अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म सार्वजनिक बिदा दिने भएको छ  । कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै त्यहाँको सरकारले कर्मचारीलाई भुक्तानी दिने तर, काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसको फैलावट रोक्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधबार हस्ताक्षर गरेका छन्। आवश्यक परेको खण्डमा बिदाका दिनहरू विस्तार गर्न सकिनेसमेत पुटिनले बताएका छन्। 


उत्तर कोरियाद्वारा  ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ को सफल परीक्षण

उत्तर कोरियाद्वारा  ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ को सफल परीक्षण



एजेन्सी । उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ को सफल परीक्षण गरेको जनाएको छ । यसअघि दक्षिण कोरियाले उत्तर कोरियाको मिसाइल परीक्षणबारे बताएको थियो, त्यसलाई उत्तरको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले मंगलबार परीक्षण गरिएको मिसाइलमा यसअघिको भन्दा उत्कृष्ट नियन्त्रण क्षमतायुक्त प्रविधि रहेको उल्लेख गरेको छ ।

उत्तर कोरियाले सन् २०१६ मा सबमरिनबाटै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । अहिलेको मिसाइल त्यो बेलाको भन्दा सुधारिएको रहेको उल्लेख छ ।

केसिएनएले मिसाइल परीक्षण सम्बन्धी खबरमा नेता किम जोङ–उनको नाम उल्लेख गरेको छैन, यसको अर्थ परीक्षणमा नेता किम उपस्थित नरहेको हुन सक्ने अनुमान गरिएको छ ।

केही परीक्षणहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेका छन् । संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइल परीक्षण प्रतिबन्ध लगाएको छ ।


तालिबानले भन्यो, ‘अब छिट्टै नै छात्राहरु पनि विद्यालय जानेछन्’

तालिबानले भन्यो, ‘अब छिट्टै नै छात्राहरु पनि विद्यालय जानेछन्’


एजेन्सी । तालिबानले अब छिटै नै छात्राहरु पनि विद्यालय जान सक्ने बताएको छ। तालिबानको गृह मन्त्रालयका प्रवक्ता सइद खोस्टीले आइतबार छात्राहरु विद्यालय फर्किने निश्चित मिति भने शिक्षा मन्त्रालयले तोक्ने बताएका छन्।
‘मेरो बुझाइ र सूचनाअनुसार अब निकै कम समयमा सबै युनिभर्सिटी र विद्यालय खुल्नेछन् र महिला तथा बालिका विद्यालय फर्किनेछन्’, अलजाजिरासँगको कुराकानीमा उनले भने।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले किशोरीहरुलाई विद्यालयमा सुरक्षित वातावरण नबन्दासम्म घरमै बस्न निर्देशन दिएको थियो। तर, छात्रहरुलाई भने विद्यालय फर्किने अनुमति दिइसकेको छ।

छात्रालाई विद्यालय फर्किने अनुमति नदिएसँगै तालिबानले यसपटक पनि सन् १९९० को दशकको झल्को दिने गरी कट्टरपन्थी शासन चलाउने आशंका बढेको थियो। तालिबानले यसअघिको शासनकालमा महिला र बालिकालाई कानुनीरुपमा शिक्षा र रोजगारीबाट टाढा राख्ने निर्णय गरेको थियो। 
 


चीनको दबाबका सामु हामी झुक्दैनाैँ: ताइवान राष्ट्रपति

चीनको दबाबका सामु हामी झुक्दैनाैँ: ताइवान राष्ट्रपति


एजेन्सी । ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ। चीनको दबाबका सामु आफूहरु नझुक्ने ताइवानकी राष्ट्रपतिले बताएकी छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’ गर्नुपर्ने बताएका थिए। सकेसम्म शान्तिपूर्ण प्रक्रिया अपनाइने बताएका सीले ‘पुनः एकीकरण’ को प्रक्रियामा बल प्रयोगको सम्भावना खारेज गरेको छैन।

ताइवानकी राष्टपति साई इंग–वेनले आफ्नो देशको सुरक्षा व्यवस्था बलियो बनाइराख्ने र आफ्नो भूमिमा कसैलाई पनि शक्तिको प्रयोग गर्न नदिने बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार राष्ट्रिय दिवसको र्‍यालीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘हामी हाम्रो राष्ट्रिय सुरक्षा बलियो बनाउने क्रम जारी राख्ने छौँ र आफ्नो सुरक्षाका लागि प्रतिबद्ध छौँ ताकि कोही पनि ताइवानलाई त्यो मार्गमा जान बाध्य नपारियोस्, जुन चीनले हाम्रा लागि बनाइरहेको छ।’

‘चीनले जुन प्रस्ताव गरेको छ, त्यो प्रजातान्त्रिक होइन र ताइवानका लागि एक लोकतान्त्रिक तरिका पनि होइन। उसलाई हाम्रा दुई करोड ३० लाख मानिसको सम्प्रभुता पनि मिल्ने छैन’, साईले भनेकी छन्। ताइवान आफूलाई स्वतन्त्र सार्वभौम देश मान्छ। तर चीन भने ताइवान आफ्नो छुट्टिएको प्रान्तको रुपमा लिने गरेको छ।


लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार

लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार


एजेन्सी । लेबनानमा विद्युत आपूर्ति ठप्प भएको छ । गम्भीर आर्थिक संकट झेलिरहेको लेबनानमा विद्युत आपूर्ति बन्द हुँदा अन्धकार भएको छ । इन्धन अभावका कारण देशका दुई ठूला उर्जा केन्द्रहरु बन्द भएको रोयटर्सले उल्लेख गरेको छ ।

डेइर अमार र जाहरानी उर्जा केन्द्र बन्द हुँदा विद्युत सेवा रोकिएको हो । शनिबार दिउँसोदेखि उर्जा केन्द्रहरु बन्द भएका हुन् । अझै केही दिन ती केन्द्रहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको सरकारी अधिकारीले बताएका छन् । पछिल्लो १८ महिनादेखि लेबनानमा गम्भीर आर्थिक संकट छ । यस्तै इन्धनको अभाव पनि गम्भीर बनेको छ ।
 


पाकिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु

पाकिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु



एजेन्सी । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्‍द्रबिन्दु बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

भूकम्प परी कम्तिमा २० जनाको मृत्यु भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकमध्ये एक महिला र ६ जना बालबालिका रहेको एएफपीले जनाएको छ। बिहीबार बिहान करिब ३ बजे ५।७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्वविद्ले जनाएका छन्।


 फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थाले

 फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्न थाले


एजेन्सी । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टा लामो समय ‘डाउन’ पुनः चल्न थालेका छन् ।  फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु बिस्तारै पुनः सेवामा फर्किएका हुन् । तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो ।

डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०।६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ ।

यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो ।

पूर्ण तहको सेवा फर्किन केही समय लाग्न सक्ने फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइक स्क्रोएप्फेरले बताएका छन् ।

 


 

We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.

— Facebook (@Facebook) October 4, 2021


Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti