07 Kartik, 2078 / 24 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


दुबईमा अलपत्र सात नेपालीको उद्धार

दुबईमा अलपत्र सात नेपालीको उद्धार



काठमाडौं, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई पुगेर अलपत्र सात नेपालीको उद्वार गरिएको छ । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल उद्वार गरिएको हो । 

दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।

एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए । दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन् । 

नगरप्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयवाधि छोट्याएर उनीहरुलाई उद्धार गरी घर फर्काएका हुन् । नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए । 
 


कतारमा अवैध व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने

कतारमा अवैध व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने



काठमाडौं, ३ कात्तिक । अब कतारमा अवैध रुपमा बसोबास गरेको कामदारले पनि कम्पनी खोजेर काम गर्न सक्ने भएका छन् । 
वर्किङ भिसामा कतार आएपछि कम्पनीले आइडी नदिएको वा विभिन्न कारणले आइएडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका व्यक्तिले कम्पनी खोजेर काम गर्न सक्ने भएका हुन् । कतार स्थित नेपाली दूतावासका अनुसार नयाँ कम्पनीको अफर लेटर र अन्य कागजातसहित मन्त्रालयको कुनै शाखा कार्यालयमा गई निवेदन दिएर हालसम्मको जरिवान र सजाय मिनाहा हुने र काम पनि गर्न पाउने यहाँको आन्तरिक मन्त्रालयबीच भएको कुराकानीबाट उक्त सूचना आएको हो । 
यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा कतार गएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एण्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कन किकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने व्यवस्था गरिएको छ । 
 


इजरायल रोजगारीः गोलाप्रथाबाट छानियो ११७५ नेपाली कामदार(नामसहित)

इजरायल रोजगारीः गोलाप्रथाबाट छानियो ११७५ नेपाली कामदार(नामसहित)



काठमाडौं, २६ असोज । इजरायलले केयरगिभरको लागि नेपालबाट लैजाने कामदारहरुको गोलाप्रथाबाट छनोट गरेको छ । नेपालबाट विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन कार्यक्रमका भर्चुअल रुपमा नेपाली अधिकारीहरुको समेत सहभागिता रहेको थियो । 

वैदेशिक रोजगार विभागले छनौटमा परेका व्यक्तिहरुले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्छ । यस प्रक्रियामा फेल भए छनौट भए पनि इजरायल जान पाइदैन । यो पटक इजरायल रोजगारको लागि जिटुजि प्रक्रिया अपनाइएको छ । जसबाट कुनै बिचौलियाले इजरायल रोजगारमा खेलेर आर्थिक फाइदा लिन नसक्ने वैदेशिक रोजगार वभागको दावी छ । 


अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासीको उद्धार

अमेरिका जान लागेका नेपालीसहित १२६ आप्रवासीको उद्धार



काठमाडौं, २४ असोज । अमेरिका जान लागेका नेपालीसहित १२६ जना आप्रवासीलाई ग्वाटेमालाबाट उद्धार गरिएको छ । कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ । 
उनीहरूलाई मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले त्यहाँ छोडेको हुनसक्ने सरकारी निकायहरूको विश्वास छ।

१२६ मध्य १०० भन्दा बढी राजनीतिक सङ्कटमा फसेको हेइटीका नागरिक छन्। नेपाल र घानाका नागरिक पनि कन्टेनरमा रहेको बताइएको छ।
ती आप्रवासीहरूलाई ग्वाटेमाला माइग्रेशन इन्स्टिच्यूटद्वारा सञ्चालित आश्रय स्थलमा लैजानु भन्दा पहिले प्राथमिक उपचार दिएका थिए।

ग्वाटेमालाको आप्रवासन सम्बन्धी निकायकी प्रवक्ता आलेखान्द्रा मेनाले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिका तर्फ अघि बढेको बताएकी छन्।

उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ।
बीबीसी
 


 कतार फर्कदै हुनुहुन्छ ? के के चाहिन्छ कागजपत्र ? 

कतार फर्कदै हुनुहुन्छ ? के के चाहिन्छ कागजपत्र ? 



काठमाडौं, २४ असोज ।  कतारको स्वास्थ्य मन्त्रालयले यहि अक्टोबर ६ तारिक देखि यात्रा नीति केहि परिमार्जन गरेको छ । देशको कोरोना संक्रमणको अवस्था हेरेर वर्गीकरण गरेको हरियो, पहेँलो र रातो सूची मध्ये पहेँले वर्ग हटाइ असाधारण रातो सूची थप गरेको छ । असाधारण रातो सूचीमा बढी जोखिम रहेको नेपालसहित भारत, बंगलादेश लगायतका रहेका छन् । 
नेपालबाट कतार फर्कन के के चाहिन्छ ? 
१. श्रम स्वीकृति
२. कतार र्फन अघि ७२ घण्टा भित्र गरिएको नेगेटिभ पिसिआर रिपोर्ट
३.दुई दिनको होटेल बुकिङ गरिएको प्रमाण र कतारको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्रत्र
४.नयाँ यात्रुले एस्तेराजको वेभसाइटमा गै खोप लगाएको प्रमाणपत्र, पिसिआर रिपोर्ट, होटलेल बुकिङ लगायतको कागजात कतार आउन अघि तीन दिनभित्र रिजस्टर गर्नुपर्ने । पुरानो यात्रुलाई आवश्यक नपर्ने तर गर्दा राम्रो हुने । 
५. सबै यात्रुले स्वास्थ्य मन्त्रालयको वेभसाइडमा रहेको प्रतिवद्धता फारम भरेर साथमै राख्नुपर्ने ।
६. कतार बाहिर स्वास्थ्य मन्त्रालयले मान्यता दिएको खोप लगायको भए ३० दिनभित्र गरिएको सेरोलदोजी एन्टीबडी परीक्षणको प्रमाणपत्र चाहिने। 
कतारको स्वास्थ्य मन्त्रालये मान्यता दिएको कुनै खोपको दुवै डोज कतारमै वा अन्य देशमा लगाइसकेको १२ वर्षभन्दा माथिका यात्रुले कतार फर्किएपछि दुई दिनको होटल क्वारेन्टाइन बस्नेपर्ने । १२ वर्ष मुनिका यात्रु पनि खोप लगाइसकेको अभिभावसँग दुई दिनमै क्वारेन्टाइन बस्नुपर्नेछ । 


बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो

बेलायतले नेपाललाई ‘रेड लिस्ट’बाट हटायो


काठमाडौं, २२ असोज । बेलायत सरकारले नेपाललाई  रातोसूची ‘रेड लिस्ट’मा राखेको  हटाएको छ ।  अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ ।

अझै अन्य सात देश भने रातो सूचीमै छन् । रातो सूचीबाट हटाए पनि असोज २५ गते सोमबारदेखि मात्र लागू हुने भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।

बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड/एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ । नेपालबाट बेलायत जाँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । 


कतारले अवैध कामदारलाई आममाफी दिने 

कतारले अवैध कामदारलाई आममाफी दिने 


काठमाडौं, २१ असोज । कतार सरकारले अवैध कामदारलाई आममाफी दिने भएको छ । आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका लगायतका गैरकानुनी हैसियतका कामदारलाई बिना कैद र बिना जरिवाना सहितको आममाफी दिन लागिएको हो । 
कतारको आन्तरिक मन्त्रालयका अनुसार सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकेको छ ।

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर नाम दर्ता गराउनु पर्नेछ ।

२०१५ को कानून नं ​​२१ को प्रावधान अनुसार आप्रवासीको निवास तथा प्रवेश र गमन को नियम अन्तर्गत प्रक्रिया सुरु गरिएको आन्तरिक मन्त्रालयले बताएको छ ।


कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने

कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने


काठमाडौं, १८ असोज । कोरोनाका कारण रोकिएका नेपाली श्रमिक दक्षिण कोरिया जान पाउने भएको छ । वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आइतबार एक सूचना जारी गर्दै श्रमिकको रुपमा कोरिया जान पाउने भएको हो ।

शाखाले कमिटेड वर्करका रुपमा गणतन्त्र कोरियाबाट प्राप्त नामावली सूचीमा नाम भएका व्यक्तिहरूले सीसीभीआई फारम भर्न आइतबारको मितिदेखि आगामी २५ गतेसम्ममा कार्यलयमा उपस्थित भई सिसिभिआईको फारम भर्न आग्रह गरेको छ ।

उक्त सिसिभिआई फारम भर्नका लागि श्रमिकले राहदानीको सक्कल र प्रतिलिपि, नागरिकताको प्रतिलिपि, आचारण सम्बन्धी प्रहरी प्रतिवेदन र फोटोसहित कागजातहरू पेश गर्नुपर्नेछ । साथै, शाखाले सिसिभिआईको लागि ६ हजार रुपैयाँ रकम नेपाल बैंक लिमिटेडमा जम्मा गरेको भौचरसमेत पेश गर्नुपर्नेछ ।

त्यस्तै, शाखाले कााभिड–१९ को अवस्थालाई ध्यानमा दिँदै एचआरडी कोरियाबाट प्राप्त निर्देशनअनुसार श्रम करार जारी भएको मितिको पहिलो प्राथमिकताको आधारमा पहिलो फ्लाइटमा ५० जना कोरिया लैजाने भएको छ ।


वैदेशिक रोजगारमा देखिएका समस्या तत्काल समाधान गर्न व्यावसायीको माग

वैदेशिक रोजगारमा देखिएका समस्या तत्काल समाधान गर्न व्यावसायीको माग



काठमाडौं, १८ असोज । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा देखिएका समस्याहरु तत्काल समाधान गर्न वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षण गराएको छ । एशोसिएसनले विभागका महानिर्देशक दीपक काफ्लेलाई ध्यानाकर्षण गराएको हो। 
एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालको नेतृत्वमा आइतबार विभाग गएको एशोसिएसनको प्रतिनिधि मण्डलले व्यवसायीले समाधान गर्नुपर्ने समस्याको बारेमा पटक– पटक विभागको ध्यानाकर्षण गराएपनि समाधान हुन नसकेको भन्दै  पुनः  ध्यानाकर्षण गराएको बताए । 

विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयको रोजगार समन्वय महाशाखा प्रमुख सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा व्यवसायी समेतको सहभागितामा गठित ९ सदस्यीय कार्यदल गठन गरेपनि समस्याको समाधान नहुँदै निष्क्रिय भएकोले त्यसलाई  सक्रिय पार्नुपर्ने र त्यसका लागि विभागिय प्रमुखका हैसियतले  विभागका महानिर्देशकले भुमिका खेलिदिन  आग्रह गरेको छ । 

त्यस्तै व्यवसायीले राखेका मागका सम्बन्धमा छलफल गरी प्रतिवेदन दिन विभागले विभागका तत्कालिन सूचना अधिकारी तथा निर्देशक टिकामणि नेउपानेको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको र उक्त  कार्यदलले फेमिसको प्रयोगमा रहेका जटिलता हटाइ सहजिकरण गर्ने सहमति जनाएको  तर हालसम्म पुरानै प्रणाली रहेको कारणले व्यवसायीहरुले अनावश्यक खर्च र झन्झटिलो अवस्था झेल्नुपरेको  विषयमा पनि ध्यानाकर्षण गरेकोे अध्यक्ष ढकालले जानकारी दिए । भेटमा महानिर्देशक काफ्लेले आफू वैदेशिक रोजगार प्रशासनका समस्या समाधानका लागि गम्भीर रहेको भन्दै सकेसम्म छिटो समाधान दिन लागि पर्ने बताएका थिए । 


अब टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति

अब टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति



काठमाडौं, १६ असोज । वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले अब टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै अनलाइन प्रणालीको शुक्रबार र भौतिक उपस्थितिका लागि बिहान नौ बजे र सवा दश बजे दुई पटक सीमित संख्यामा टोकन जारी गर्ने जनाएको हो । 
 टोकन सीमित हुनेभएकाले आफ्नोे सिट सुरक्षित गरी भौतिकरूपमा उपस्थित हुने सेवाग्राहीहरूले फारममा उल्लेख भएको मितिमा कार्यालयमा उपस्थित भई श्रम स्वीकृति नवीकरण गराउन सक्ने बताएको छ । अनलाइनबाट श्रम स्वीकृति लिन टोकन लिएको ४ दिनसम्म लाग्ने भन्दै धैर्य गरेर प्रतीक्षा गर्न पनि आग्रह गरेको छ । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti