15 Mangshir, 2078 / 1 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


इजरायल रोजगारीः छनोट भएकाहरूलाई खोपको व्यवस्था

इजरायल रोजगारीः छनोट भएकाहरूलाई खोपको व्यवस्था


काठमाडौं, १४ मंसिर ।  रोजगारीका लागि इजरायल जान छनोट भएकाहरूले काठमाडौंका विभिन्न ५ अस्पतालबाट कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् ।
वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पीआईबिए द्वारा छनोट  भएका र कोरोना विरुद्धको खोप लगाउन बाँकी उम्मेदवारहरूलाई खोप लगाउनका लागि विभागले अनुरोध समेत गरेको छ । 


विदेशबाट नेपाल आउँदै हुनुहुन्छ, ‘अपरिचितको सामान नबोक्नुस्’

विदेशबाट नेपाल आउँदै हुनुहुन्छ, ‘अपरिचितको सामान नबोक्नुस्’



काठमाडौं, १३ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।     
 कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानूनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ । यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।     
नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ ।     
 कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ । व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकैस्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ ।     
व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ ।     
अपरिचित व्यक्तिले दिएको मालबस्तुमा अन्य कुनै अवैध बस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन÷नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ । अपरिचित वा सामान्य परिचित व्यक्तिले विभिन्न सामाग्री आफन्तलाई पु¥याइ दिन अनुरोध गर्ने र भन्सारमा जाँचका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परेमा सम्बन्धित यात्रुले नै कारवाही भोग्नुपर्ने व्यवस्थाप्रति भन्सार कार्यालयले सबै तह र तप्कालाई सजग गराएको छ ।     


कतारमा तलब नदिने ३ सय १४ कम्पनी कारबाहीमा 

कतारमा तलब नदिने ३ सय १४ कम्पनी कारबाहीमा 



काठमाडौं, ६ मंसिर । कतारमा तलब नदिने ३ सय १४ कम्पनी कारबाहीमा परेका छन् । त्यहाँको श्रम मन्त्रालयले अक्टोवर र नोभेम्बर महिनामा गरेको निरीक्षणमा सार्वजनिक सेवा र निर्माण क्षेत्रका उक्त कम्पनीले आफ्ना कामदारलाई तबल दिन ढिला गरेको वा तलब नै नदिएको पाइएको छ ।
मन्त्रालयले श्रम कानून उल्लघंन गर्ने ती कम्पनीहरुलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको छ । तर कारबाीमा पर्ने कम्पनीको नाम र सजायबारे मन्त्रालयले केहि खुलाएको छैन 
 


कतारमा गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली

कतारमा गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली


काठमाडौं, ५ मंसिर । नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो कतार । यहि कतारमा विभिन्न कारणले गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली रहेको तथ्य सार्वजनिक भएको छ । 
कतारस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले शुक्रबार प्रकाशित गरेको कतारको व्यवसायजन्य चोटपटकसम्बन्धी तथ्यांक र विश्लेषणसम्बन्धी प्रतिवेदनअनुसार गम्भीर घाइते हुनेमध्ये १८ प्रतिशत नेपाली छन् । तथ्यांक अनुसार सबैभन्दा बढी बंगलादेशी २६.५ प्रतिशत र दोस्रोमा भारतीय १९.६ प्रतिशत रहेका छन् । सन् २०२० मा ५ सय ६ जना गम्भीर घाइते भएका थिए । आईएलओले कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालय, सार्वजनिक स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी व्यवसायजन्य स्वास्थ्य सुरक्षासम्बन्धी तथ्यांक र विश्लेषण सार्वजनिक गरेको हो ।

कतारले व्यवसायजन्य चोटपटकको एकीकृत तथ्यांक तयार पारेको छ । जसअनुसार २०२० मा ३७ हजार ६ सय १ जना श्रमिकलाई मध्यमखालको चोटपटक लागेको थियो । जसमा नेपाली श्रमिक ७ हजार ८ सय ९६ जना (२१.३ प्रतिशत) घाइते भएका थिए । यसरी घाइते हुने २५ देखि ३४ वर्षभित्रका ४४.५ प्रतिशत छन् ।
कतारमा लकडाउनका बेला कार्यक्षेत्रमा २० देखि ८० प्रतिशत श्रमिक कटौती गरिएको थियो । घाइते भएकामध्ये सामानमा ठोकिँदा २५.५९ प्रतिशत, उचाइबाट खसेर १४.४९ प्रतिशत, मेसिनरी सामान चलाउँदा ६.४८ प्रतिशत, सामान खस्दा ५.७१ प्रतिशत, सडक दुर्घटनामा ४.९३ प्रतिशत र अन्य कारणले ३३.६१ प्रतिशत छन् । असुरक्षित कार्यस्थलका कारण नयाँ श्रमिक बढी घाइते हुने गरेको प्रतिवेदनले जनाएको छ । 
 


कात्तिक महिनामा झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

कात्तिक महिनामा झण्डै ५५ हजारले लिए श्रम स्वीकृति


काठमाडौं, ३ मंसिर । नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो समय बढेको छ । कोरोना महामारी केही कम भएसँगै वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको हो । 
वैदेशिक रोजगार विभागका अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरी ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नेपाल सरकारले रोजगारीको लागि मान्यता दिएका विभिन्न ८४ वटा देशहरुमा जानेको संख्या हो । 

पछिल्लो समय वैदेशिक रोजगारीको लागि धेरैको रोजाइमा कतार परेको छ । कात्तिकमा कतारको लागि १९ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै कतारपछि साउदी जानको लागि १७ हजार ९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १३ हजार पाँच सय ५० जनाले रोजगारीको लागि यूएई रोजेका छन् ।

विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । ६८ जना व्यावसायिक रुपमा गइरहेका छन् भने चार हजार ६ सय ५९ जना अर्धदक्ष रुपमा गइरहेका छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४ सय ५६ जना दक्ष र २६ हजार ७ सय २३ जना अदक्ष रहेको विभागले जनाएको छ ।
 


मंसिर १५ देखि सर्वसाधारणलाई  ई–पासपोर्ट 

मंसिर १५ देखि सर्वसाधारणलाई  ई–पासपोर्ट 


काठमाडौं, २ मंसिर । राहदानी विभागले सर्वसाधारणका लागि विद्युतीय राहदानी ई पासपोर्ट मंसिर १५ गतेदेखि वितरण गर्ने भएको छ ।  बुधबार सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै विभागले ई–पासपोर्ट सार्वजनिक गरेका थिए । 

विभागका अनुसार नयाँ सार्वजनिक गरिएको राहदानी ३४ र ६६ पृष्ठको हुनेछ। जसकारण अब यात्रा गर्नेहरूले पेज सकिएर राहदानी  धाइरहनुपर्ने समस्या धेरै हदसम्म समाधान हुने विश्वास गरिएको छ।

सुरक्षाका लागि यसमा इलेक्ट्रोनिक चिप्स राखिएको छ। जसलाई जाँच गर्न आफूसँग २ ओटा ८ मिटरका पूर्ण अटोमेटिक मेसिन रहेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।
केन्द्रीयस्तरमा जारी भएको इलेक्ट्रोनिक पासपोर्ट मंसिर १५ गतेदेखि देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी हुनेछ। यसअघि नेपालमा ६ प्रकारका मेसिन रिडेबल पासपोर्ट जारी गरिँदै आएकोमा विद्युतीय पासपोर्ट पनि ६  रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ।

मंसिर २ गतेदेखि सीमित सेवाग्राहीलाई विद्युतीय चिपमा आधारित पासपोर्ट वितरण हुनेछ। त्यस्तै मंसिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्नेछन्। व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको विभागले जनाएको छ।
 


सेवाग्राहीलाई सास्ती नदिन श्रममन्त्रीकाे निर्देशन

सेवाग्राहीलाई सास्ती नदिन श्रममन्त्रीकाे निर्देशन



काठमाडौं, १ मंसिर ।  श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले काठमाडौं ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको अनुगमन गरेका छन्।
वैदेशिक रोजगार कार्यालयबाट हुने विभिन्‍न सेवा प्रवाहहरू प्रभावकारी नभएको भन्दै जनगुनासो आइरहँदा  मन्त्री श्रेष्ठ बुधबार आकास्मिक रूपमा अनुगमनका लागि कार्यालमै पुगेका हुन्।
मन्त्री श्रेष्ठले यस कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन साथै सेवाग्राहीलाई सास्ती नदिन कर्मचारीलाई निर्देशन दिए।
त्यस्तै उनले कुनै नीतिगत समस्या वा कानुनी अल्झन परेमा त्यसको समाधानका लागि मन्त्रालयल सधैँ तत्पर रहेको समेत उनले बताए। 


यूएईमा यी पर्यटकलाई पाँच वर्षको भिसा 

यूएईमा यी पर्यटकलाई पाँच वर्षको भिसा 



काठमाडौं, १ मंसिर । यूएईले आफ्नो देशमा काम गरिरहेका अन्तरराष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसाको अवधि बढाएर पाँच वर्ष पुर्याएको छ । युवराज शेख हमदान बिन मोहम्मदले ट्वीटरमा यसबारे जानकारी दिएका छन् ।


शेखले मंगलबार ट्वीट गर्दै भने, ‘हाम्रो लक्ष्य कम्पनीलाई सुविधा दिनु हो र उनीहरुको टिमका लागि वर्षभरि कन्फरेन्स, बैठक, प्रदर्शनीका लागि दुबई आवतजावतमा सहजता निम्त्याउनु हो ।’ यूएईले हालैका वर्षमा थुप्रै नयाँ भिसा विकल्पको सुरुवात गरेको छ ।


सन् २०१९ मा १० वर्षको गोल्डन भिसा त यस वर्ष पाँच वर्षको टुरिस्ट भिसाको प्रावधान सुरु गरेको छ । जसले त्यहाँ लगभग १।४ मिलियन अमेरिकी डलरको सम्पत्तिमा लगानी गरेका छन् त्यहाँ पाँच वर्षको रेजिडेन्स भिसा​ प्राप्त गर्न सक्छन् ।


न्यूनतम १,३६,००० अमेरिकी डलरसहित व्यापार गर्ने उद्यमी वा मान्यता प्राप्त बिजनेस इन्क्यूबेटरमा समावेश व्यावसायी ५ महिनाको भिसा लिन सक्छन् जसलाई ६ महिनाका लागि बढाउन सकिनेछ ।


आजदेखि ई–पासपोर्ट परीक्षण वितरण

आजदेखि ई–पासपोर्ट परीक्षण वितरण


काठमाडौं, १ मंसिर । सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण शुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।
ई–पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा.नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।


पुनः कोरिया जान पुस १ गतेदेखि भाषा परीक्षा

पुनः कोरिया जान पुस १ गतेदेखि भाषा परीक्षा


काठमाडौं, २९ कात्तिक । दक्षिण कोरियाबाट रोजगारी गरि फर्केकाहरुलाई पुनः कोरिया जान भाषा परीक्षा हुने भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाबाट काम गरि वैधानिक तवरले फर्केका श्रमिकलाई पुनः कामदारको रुपमा पठाउन भाषा परीक्षा हुन लागेको ईपीएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । शाखाले एक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरुलाई अनलाइन आवेदन फारम भरी दर्ता गर्न आग्रह गरेको छ ।

एकपटक कोरिया गएर फर्केकाहरुलाई फेरि कोरिया जानको लागि पनि भाषा परीक्षा उत्तिर्ण गर्नुपर्छ ।

 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti