07 Kartik, 2078 / 24 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


काठमाडौं आउँदै गरेको बसमा आगलागी(भिडियोसहित)

काठमाडौं आउँदै गरेको बसमा आगलागी(भिडियोसहित)


काठमाडौं, ७ कात्तिक ।  सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।



 बाढीपहिरो अपडेट, मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो, ३२ घाइते (विवरणसहित)

बाढीपहिरो अपडेट, मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो, ३२ घाइते (विवरणसहित)


काठमाडौं, ६ कात्तिक । बाढी पहिरो र डुबानमा परी शनिबार बिहानसम्म १ सय ११ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परेर प्रदेश १ मा ६६ जना, बागमती प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो। 

साथै  प्रदेश १ मा १८ जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी जम्मा ३२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढी पहिरोमा परी प्रदेश १ मा ९ जना, प्रदेश २ मा एकजना, लुम्बिनी प्रदेशमा एकजना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ३३ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन्। ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८  वटा घर परिवार विस्थापित भएका छन्।


 


बाढीपहिरोमा परी मृत्‍यु हुनेको संख्या सय नाघ्‍यो(अपडेट)

बाढीपहिरोमा परी मृत्‍यु हुनेको संख्या सय नाघ्‍यो(अपडेट)



काठमाडौं, ४ कात्तिक । बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको छ । 

साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।


बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता



काठमाडौं, ४ कात्तिक । अविरल वर्षासँगै आएको बाढी, पहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ। गृह मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म देशभर बाढीपहिरोमा परी ८८ जनाको मृत्यु भएको छ।
बाढी र पहिरोमा परेर ३० जना बेपत्ता भएका छन् भने २२ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार पाँचथरमा २४ जनाको ज्यान गएको छ। छ जना घाइते भएका छन् भने त्यहाँ चार वटा घरमा पूर्णरुप क्षति भएको छ। 
त्यस्तै इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ। त्यहाँ तीन जनाबेपत्ता भएका छन। दुई जना घाइते भएका छन्। त्यहाँ तीन वटा घर पूर्णरुपमा क्षति भएका छन्।
डोटीमा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन भने छ घर पूर्णरुपमा क्षति भएका छन्।

मन्त्रालयका अनुसार धनकुटामा सात जनाको पहिरोले पुरिएर मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ।त्यस्तै हुम्लामा ६ जनाको मृत्यु भएको छ। एउटा घर पूर्णरुपमा क्षति भएको छ।

पहिरोले बैतडीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्र। दुईवटा घरमा पूर्ण क्षति भएको छ।
त्यस्तै डडेलधुरामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। एक घर पूर्णरुपमा क्षति भएको छ।
बझाङ्गमा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव भेटिएको छ भने २१ जना अझै हराइरहेका छन्। त्यहाँ सात वटा घर पूर्णरुपमा क्षति भएको जनाएको छ।

जुम्लामा एक जना बेपत्ता भएका छन्। प्युठानमा एक जनाको बाढीका कारणले मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ। मोरङमा बाढीका कारण एक जनाको मृत्यु भएको छ। सुनसरीमा दुई जनाको मृत्यु भएको छ। त्यहाँ एक घर पूर्णरुपमा क्षति भएको छ। उदयपुरमा बाढीबाट दुई जनाको मृत्यु भएको छ।


 


बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो



काठमाडौं, ३ कात्तिक । तीन दिनदेखि लगातार परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण ३१ जनाको मृत्यु भएको छ। 
गृह मन्त्रालयका अनुसार बुधबार बिहानसम्म ३१ को मृत्यु भएको छ भने ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयकी विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ।
इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसरीमा दुई, कालीकोटमा एक, डडेल्धुरामा एकसहित ३१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका छन् । हालसम्म विभिन्न जिल्लाबाट ७०० को उद्दार गरिएको छ।


हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु 

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु 


काठमाडौं, ३ कात्तिक । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्की रहेका छन् । जंगली हात्ती गाउँमै पसेर उनीहरूलाई आक्रमण गरेको हो । 


घान्द्रुक जीप दुर्घटनामा मृतक ८ मध्ये ७ जना काठमाडौंबाट घुम्न गएका विद्यार्थी  

घान्द्रुक जीप दुर्घटनामा मृतक ८ मध्ये ७ जना काठमाडौंबाट घुम्न गएका विद्यार्थी  



कास्की । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा मृत्यु भएका ८ जना मध्ये ७ जना काठमाडौंबाट घुम्न गएका टोली रहेको खुलेको छ ।  दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुन् ।  
     
यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरीले जनाएको छ । 
     
घटनामा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।     
     
भीरमा अड्किएको अवस्थामा उनलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेका काठमाडौँबाट घुम्नका लागि पोखरा आएका थिए । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अन्दाजी १ः३० बजेको समयमा हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।     
     
पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


अछाममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु, १४ घाइते

अछाममा जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु, १४ घाइते


अछाम, २५ असोज । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१, नादीमा जन्ती बोकेको जीप दुर्घटना भएको हो । 

आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ आउँदैै गरेको से १ च १७६३ नम्बरको जिप दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । 
दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्ब बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको छ ।

तीमध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृत्यु भएको हो । 
प्रहरीका अनुसार बिहेको भोज खाएका जन्तीलाई घर छाड्न जाँदै गरेको जिप कच्ची सडकमा ब्याक गर्ने क्रममा सडकबाट खसेको हो।

घाइते १४ जनामध्ये गम्भीर अवस्थाका २ जनालाई नेपालगन्ज रेफर गरिएको छ भने बाँकी घाइतेको उपचार अछाम सदरमुकाम मंगलसेनमा भइरहेको छ।
 


निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा घरबाट हाम फालेर आत्महत्या 

निगमका पूर्वअध्यक्ष चतुर्वेदीद्वारा घरबाट हाम फालेर आत्महत्या 


काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फालेर आत्महत्या गरेका छन्।

काठमाडौं प्रहरी परिसरका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनले काठमाडौं महानगरपालिका ४ स्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका हुन्। त्यस क्रममा घटनास्थलमै उनको मृत्यु भएको छ । 

पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।

उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार उनले हाम फालेको सीसीटीभीमा देखिएको छ। 


कपनको ढलमा खसेका बालकको शव फेला

कपनको ढलमा खसेका बालकको शव फेला



काठमाडौं, १० असोज । कपनको ढलमा खसेर बेपत्ता १० वर्षीय बालकको शव ललितपुरमा फेला परेको छ । कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार ललितपुर महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा एक बालकको शव फेला परेको छ ।

सोही शव कपनमा ढलका खसेका उज्वल विकको भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । चिन्न मुश्किल हुने अवस्थामा रहेको शवमा कपन मावि लेखेको सर्ट रहेको प्रहरीले जनाएको छ । उज्वल विक कपन माविमा पढ्ने विद्यार्थी भएकाले प्रहरीले शव उनैको हुनसक्ने बताएको छ । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti