07 Kartik, 2078 / 24 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


दशैंको खानपानबारे डा.अरुणाको सुझाव

दशैंको खानपानबारे डा.अरुणाको सुझाव


-डा.अरुणा उप्रेती-

दशैं भित्रिएको छ । दशैंको विशेष परिकार मासु हो । पहिला– पहिला मानिसहरुले मासु खानकै लागि दशैं कुर्नुपर्ने अवस्था थियो । तर समय परिवर्तन भएको छ । आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र खाना खानसक्ने क्षमता राख्छन् ।

तर पनि नेपालीहरु दशैंलाई अझैपनि मासु खाने चाडकै रुपमा लिन्छन् । अन्य समय भन्दा दशैंको खानपान बढी नै हुन्छ ।

“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।

पहिला–पहिला मानिस साइकल चढ्थे, आधा-एक घण्टा हिँडेरै जान्थे। तर अहिले मानिसको हिँडाइमा कमी आएको छ। यसले स्वास्थ्यमा असर पारेको छ। हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ।

दसैंमा हामी अझै बढी मासु खान्छौँ। खान हुदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन।

हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ। मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ।

मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। मिठो मासु छ भने भात अझै बढी खाने चलन छ। यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ।

त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन।

धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।

दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्। शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। ।

तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन। शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ।

पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ।

पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ। चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ। घरमै पेय पदार्थ बनाउन सकिन्छ।

दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ। "दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ "भनेर खाने गरिन्छ, जुन कुरा गलत हो। स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन।

दशैंं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरुसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भुमिका खेल्छ । दशैंं तिहारको बेला गाउँ घरमा कति जना वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।

तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खान पिनमा ध्यान राखेनन् भने त दशैंं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।

“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।

तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधीले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधीहरु पनि “कमजोर” साबित हुन्छन ।तैपनि “बरु पछि जे होला , देखा जाएगा , अहिले त आनन्द सँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु” भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।

यसो गर्नु राम्रो होला र ?


दशैंमा के खाने ? कति खाने ?

दशैंमा के खाने ? कति खाने ?


-डा.रवीन्द्र पाण्डे-

चाडपर्व वा त्यसको अघिंपछि खानामा धेरै फरक गर्नु जरुरी छैन | आफ्नो उपलब्धता अनुसार सफा र स्वस्थ बनाएर सेवन गर्नु नै सर्वोत्तम योजना हो ।

सर्वोत्तम खाना कस्तो हुन्छ ?

१. पोषिलो : प्राकृतिक तथा घरेलु खाना जसमा पोषण (कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन, मिनरल्स आदि ) प्राप्त हुन्छ |

२. ठिक्क मात्रा : हरेक खाना न बढी न थोरै खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ | आफ्नो पाचन शक्ति, शारीरिक परिश्रम तथा उमेर / तौल अनुसार हल्का हुने गरी खाना खानु स्वस्थकर हुन्छ |

३. भेराइटी : हामीले खानेकुरा खाँदा जति भेराइटी खान्छौं, त्यति नै स्वस्थकर हुन्छ | हरियो सागसब्जी, फलफूल, दुध, दही, गेडागुडी, अण्डा, माछामासु, सुप, नट लगायतका खाना आफ्नो रुचि र उपलब्धता अनुसार सेवन गर्नु उपयुक्त हुन्छ |

४. खानामा नुन, चिनी, जनावरको बोंसो / घ्यू , जंक फुड, मदिरा, फ्राइ गरेका खाना, बजारका खाना, कोल्ड ड्रिंक्स, धेरै पिरो / धेरै चिल्लो / मसालेदार खाना आदि एकदम कम खानु / नखानु स्वस्थकर हुन्छ |

५. खाना ताजा र सफा हुनु अत्यावश्यक छ |

६. मांसाहारीले मासु खाँदा बोंसो, छाला नखाने, मासु बराबर सागसब्जी, त्यहि बराबर हरियो सलाद, त्यहि बराबर दही / मही, त्यहि बराबर टुसा उमारेका गेडागुडी, त्यहि मात्रा अन्न तथा प्रशस्त पानी सेवन गर्ने हो भने अपचलगायतका समस्या हुँदैन |

७. चाडपर्वमा धेरै व्यक्तिलाई फुड प्वाइजनिंग, तीब्र अम्लपित्त, माइग्रेन, मुटुको समस्या आदि हुने गर्दछ | तसर्थ पोषण अनुशाशनमा रहनु राम्रो हुन्छ । स्वास्थ्य राम्रो भएमा दैनिक पर्व हुन्छ |

८. पेट खाली नगर्ने तथा सादा खाना खाने बानीलाई चाडपर्वमा पनि निरन्तरता दिनु राम्रो हुन्छ |


शरद र दशैँ

शरद र दशैँ


-रुपा थापा-

शरद आउँछ र

शरदसँगै जब उदाउँछ आशाको जुन

मालश्रीको धुन बनेर

धानको बालासँगै

जब मनका फाटभरी झुलिदिन्छन्

केहि थान जीन्दगीको मुस्कान

जीन्दगीको एउटा टेवलमा

म सँधैझैँ फिटिरहेछु

तासका ती पत्ताहरुसँगै

हरेक वर्ष मेटिदै गएका

आफ्नै हत्केलाका रेखाहरुलाई

वर पिपलका पातहरु

केहि थान यादलाई बोेकेर

कसैको प्रतिक्षामा फेरि पनि

त्यसै गरि सुस्ताउँछन्

यादहरुका बगैँचा बनेर

मुस्कुराइरहेका सयपत्रीसँगै

स्याना स्याना हातहरुबाट

त्यसै गरि छुटिरहेछन्

यादका ती लट्टाईसँगै

जीन्दगीको धागोमा बेरिएका चङ्गाहरु

एक थान खुसिहरु फुलाउन

परदेशिएका मुटुहरु

अस्ताउदै गरेको जुनसँग

हरेक वर्ष त्यसरी नै फर्कने वाचा गर्छन

आशिर्वादका जमराहरु सिउरिन

जीन्दगीका रोटे पिङले घुमाएर

जसरी परिक्षा लिदैछ जीन्दगीको

लाग्छ यो विशाल क्षितिजमा फिजिएको छ

लङ्गुर बुर्जाको खाल र

पल्टिन बाकि छ अझै पनि जीन्दगीको दाउ

दशैँ आउँछ र दशैसँगै

यादहरु बनेर जब टलक्क टल्किन्छ

जीन्दगीको ऐनामा

केहि थान तस्विर

प्रत्येक दशैँसँगै

म यसरी नै केहि थान

आशिर्वादका हातसँगै

जीन्दगीको जमरालाइ सेलाउदैछु

या भनौ प्रत्येक वर्ष यसरी नै शरदसँगै

जीन्दगीको टाकुराबाट चिह्याइरहेछु

भरिन नसकेका खुसीका ती घडाहरु

एकदिन फेरि भरिने आशामा


दशैँमा खानपिनमा ध्यान दिऊ

दशैँमा खानपिनमा ध्यान दिऊ


-डा.अरुणा उप्रेती -

दशैं भित्रिएको छ । दशैंको विशेष परिकार मासु हो । पहिला– पहिला मानिसहरुले मासु खानकै लागि दशैं कुर्नुपर्ने अवस्था थियो । तर समय परिवर्तन भएको छ ।

आजभोलि मानिसले चाहेको समयमा जस्तोसुकै परिकार र खाना खानसक्ने क्षमता राख्छन् । तर पनि नेपालीहरु दशैंलाई अझैपनि मासु खाने चाडकै रुपमा लिन्छन् । अन्य समय भन्दा दशैंको खानपान बढी नै हुन्छ ।

“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।

पहिला–पहिला मानिस साइकल चढ्थे, आधा-एक घण्टा हिँडेरै जान्थे। तर अहिले मानिसको हिँडाइमा कमी आएको छ। यसले स्वास्थ्यमा असर पारेको छ। हामीले पहिलाको जस्तै खान्छौँ, तर व्यायाम भने हराएको छ।

दसैंमा हामी अझै बढी मासु खान्छौँ। खान हुँदैन भन्ने होइन, तर एकदमै धेरै लतपत पारेको, धेरै मसला, धेरै नुन हालेको मासु खानु हुँदैन।

हप्ताभरि मासु खाइरह्यो भने समस्या आउँछ। मासु पच्न गाह्रो हुन्छ, मासुमा रेसादार पदार्थ पनि हुँदैन जसले गर्दा उच्च रक्तचाप, मधुमेह र मोटपना भएकाहरुले मासुको अत्याधिक प्रयोग गर्दा समस्या थपिन्छ।

मासुसँगै चिउरा, रोटी, भात खाइन्छ। मिठो मासु छ भने भात अझै बढी खाने चलन छ। यसले शरीरमा अझै समस्या पार्छ, मोटोपन झनै बढाउँछ।

त्यसैले यो बेलामा मासु खाएसँगै हरियो तरकारी पनि पर्याप्त खानुपर्छ। एक छाकमा अलि बढी भएजस्तो लाग्यो भने अर्को छाकमा मासु खानु हुँदैन। पकाउँदा धेरै चिल्लो हाल्नु हुँदैन।

धेरै मासु पकाएर फ्रिजमा राख्ने, निकाल्ने, तताउने, खाने अनि फेरि राख्ने गर्नु हुँदैन। यसले शरीरलाई हानी गर्छ। जति पकाउने हो फ्रिजबाट त्यति नै झिक्नुपर्छ।

दसैंको बेलामा शाकाहारीलाई पनि उत्तिकै खानेकुरा छन्। शाकाहारीले तरकारी, अचार, दही, मही पनिर खान सकिन्छ। ।

तरकारीको प्रयोग बढी गर्दा फाइदा हुन्छ। तर मिठाइहरु भने धेरै खानु हुँदैन। शाकाहारी मांशाहारी सबैले दसैंको बेलामा खानामा ध्यान दिनुपर्छ।

पत्रु खाना खानु हुँदैन। बालबालिकालाई बाहिरबाट ल्याएको प्याकेटयुक्त खाना खुवाउन हुँदैन। चाउचाउहरुमा तोकिएभन्दा ३७ देखि २ सय प्रतिशत बढी सोडियम मिसाइएको हुन्छ। यसले बालबालिकाको मृगौलामा असर पार्छ।

पत्रु खानालाई पत्रु ठानेर पत्रु बाकसमै राख्नुपर्छ। चिसो पेय पदार्थको कम प्रयोग गर्नुपर्छ। घरमै पेय पदार्थ बनाउन सकिन्छ।

दसैंको बेलामा मदिराको खपत धेरै हुन्छ। "दिनको एक प्याक ह्वीस्की ठिकै रहेछ "भनेर खाने गरिन्छ, जुन कुरा गलत हो। स्वास्थ्य बिगारेर मदिरा खानु राम्रो होइन।

दशैंं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरुसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक भुमिका खेल्छ । दशैंं तिहारको बेला गाउँ घरमा कति जना वर्षभरि बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरु आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरु नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन प्रभाव पर्छ ।

तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बूढाबूढीहरुले) खान पिनमा ध्यान राखेनन् भने त दशैंं र चाडपर्व सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधी आदिको पछि लाग्नुपर्छ ।

“दशैंंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न । कतिले भन्छन्, तर “एक छिन नाइँ” भन्न नसकेपछि दशैंंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरुको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरु धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ ।

तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधीले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधीहरु पनि “कमजोर” साबित हुन्छन ।तैपनि “बरु पछि जे होला , देखा जाएगा , अहिले त आनन्द सँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु” भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।

यसो गर्नु राम्रो होला र ?

 

 


विजया दशमी र कोरोना संक्रमण 

विजया दशमी र कोरोना संक्रमण 


डा.रवीन्द्र पाण्डे

अहिले कोरोना महामारी घट्दो ट्रेन्डमा छ | यसका मुख्य कारणहरु :

१. ठूलो जनसंख्याले खोप लगाउनु । खास गरेर चलायमान जनसंख्याले खोप लगाउनु  |

२. नाकमुख छोपिने गरी मास्क लगाउनेको संख्या अत्यधिक हुनु |

३. नयाँ प्रजातिको भाइरस नआउनु |

४. थाहा भएर वा नभएर पनि ठूलो जनसंख्या दोस्रो लहरमा संक्रमित हुनु |

खोपले कस्तो काम गरेको छ ?

खोप लगाएपछि संक्रमण सरेका ९८ % लाई सामान्य असरमात्र देखिएको छ | अस्पताल भर्ना हुनु परेको छैन | ठूलो जनसंख्यालाई कोरोना सरेपनि थाहा भएको छैन | रुघाखोकी होला भनेर आराम गर्दा निको भएको छ | खोप लगाएका मान्छेले अन्य व्यक्तिलाई संक्रमण सार्ने सम्भावना अत्यन्त न्यून छ |

दशैंमा बाहिर जान कति सुरक्षित छ ?

यसपटक जनस्वास्थ्यका मापदण्ड पालना गरेर गाउँ जान सुरक्षित छ | सहरबाट गाउँ जाने अधिकांश व्यक्तिले खोप लगाएका छन् | गाउँमा पनि जोखिम र चलायमान बर्गले खोप लगाएको छ | तसर्थ यो पटकको दशैं सुरक्षित छ |

तेस्रो लहर कहिले आउला ? कस्तो होला ?

स्वास्थ्य मन्त्रालयले असोजको १५ देखि तेस्रो लहर सुरु हुन्छ भन्दा हामीले हुँदैन भनेका थियौं | यदि मापदण्डमा हामीले ख्याल गरेनौं र भाइरसको नयाँ प्रजाति देखा पर्यो भने जाडो महिनामा तेस्रो लहर सुरु हुनसक्छ | सरकारले त्यो बेलासम्म देशभर दुइतिहाई जनसंख्यालाई खोप लगाउने तयारी गरेको छ | तसर्थ तेस्रो लहर आएपनि क्षति निकै कम हुन्छ |

बालबालिकालाई तेस्रो लहरले कति असर गर्छ होला ?

अहिले पनि बालबालिका संक्रमित भइरहेका छन् | ९८ % संक्रमित बालबालिका घरमै निको भएका छन् | यसै पनि बालबालिकामा संक्रमणविरुद्ध लड्ने शक्ति राम्रो हुन्छ | तसर्थ तेस्रो लहरमा बालबालिकालाई त्यति ठूलो असर गर्दैन |

कुनै दीर्घरोगका बालबालिकालाई खोप दिने हो भने बालबालिका अस्पताल भर्ना हुने अवस्था नगन्य हुनेछ |

किन सतर्क रहनुपर्छ त ?

भाइरसको म्युटेसन भइरहने तथा यो क्रममा कडा प्रजाति आयो भने त्यो लहर घातक हुनसक्छ | यस्तो प्रजाति आउंछ कि आउदैन ? कहिले आउँछ ? कसैलाई पनि थाहा छैन | जसरी पहिलो लहरमा दैनिक संक्रमितको संख्या ५० – १०० थियो अहिले दैनिक त्यो भन्दा दशौँ गुणा बढी संक्रमितको संख्या बिध्यमान छ | तसर्थ नाक र मुख टपक्क छोपेर मास्क प्रयोग गर्ने हो र खोप लगाउने हो भने संक्रमण सर्ने वा सरेपनि गम्भीर हुने अवस्था आउदैन |

निर्माण क्षेत्रमा काम गर्ने मजदुर, भारतीय मजदुर, फोहोरमैला ब्यबस्थापनमा काम गर्ने व्यक्ति आदि खोपको पहुँच बाहिर छन् | तसर्थ सरकारले उनीहरु लक्षित बिशेष खोप अभियान संचालन गर्नुपर्दछ |

हवाईजहाजबाट नेपाल आउने व्यक्तिले खोप लगाइसकेका तथा पिसिआर टेस्ट अनिबार्य गर्नुपर्ने प्रावधानको कारण यो मार्गबाट आउने व्यक्तिबाट कोरोना फैलिने सम्भावना कम छ |

भारतको युपी तथा बिहारका गाउँमा अझैपनि खोप सर्वसुलभ छैन | तसर्थ स्थलमार्गबाट नेपाल आउने व्यक्तिलाई सिमानामै सिंगल डोज खोप लगाउने ब्यवस्था गर्ने हो भने हामी थप सुरक्षित हुन्छौं }

एकपटक सबै नेपालीले खोप लगाएपछि बुस्टर डोज सुरु गर्नुपर्दछ | यो हुनसक्यो भने हामी निकै सुरक्षित हुन्छौं |

कृपया दशैंमा बसमा बस्दा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, झ्याल खुला राख्ने गर्नुहोला | गाउँमा पनि भीडभाड नगर्ने, मास्क सहि तरिकाले लगाउने गर्नुभयो भने यो पटकका चाडपर्व मनाउन डराउनु पर्दैन |

 

 


हजुरआमाहरूसँग भएका ज्ञान, 'मुटु,मधुमेह र मिर्गौला'

हजुरआमाहरूसँग भएका ज्ञान, 'मुटु,मधुमेह र मिर्गौला'


-डा.अरुणा उप्रेती -

विदेशीको नक्कल गरेर हामीले खानेकुराको भन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राका बारेमा बढी बुझ्यौं । प्रोटिन पाउन हामी चना र भटमास खाँदैनौं; अनेक बिस्कुट, प्रोटिन क्याप्सुल खान्छौं । पैसा तिरेर रोग ल्याउन तयार रहन्छौं ।

फर्सीको तरकारी मन अमिलो पारेर खान्छौं तर ‘पम्पकिन सुप’ खान पाउँदा भने आनन्द मान्छौं । ‘पम्पकिन’ र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरै अर्को हुने थियो । थाहा नपाउनेले ‘सोयाबिन’ वाह भनेर खान्छन्, भटमासको वास्तै गर्दैनन् । भुटेको भात ‘छ्या’ हुन्छ, तर होटलमा गएर ‘फ्राइड राइस’ का लागि बढी पैसा तिर्दा आनन्द लाग्छ ।

मौलिक खानालाई बेवास्ता गरेर बजारका खाना बालबालिकालाई दिँदा कुपोषण भएको हेक्कै हुँदैन हामीलाई ।

शिक्षित आमाबाबुले समेत बालबालिकालाई धेरै मात्रामा चिनी भएका खानेकुरा दिन्छन् र मोटो बनाउँछन् । त्यसले गर्दा किशोरावस्थामा उनीहरूलाई मोटोपन र मुटुको रोगसँगै मधुमेह र मृगौलामा समस्या भइसक्छ

गहुँ, फापर, आलु, बोडी, सिमी सबै नेपालीले प्रयोग गर्ने सस्तो वस्तु भएकाले त्यति वास्ता गरिन्न किनभने ती रंगीचंगी प्याकेटमा आउँदैनन् । तर, प्याकेटमा आएका जंक फुड र महँगा वस्तुचाहिँ बालबालिकालाई दिइन्छ ।

फर्सीको .कुभिन्डो, लौका वा इस्कुस पनि स्वास्थ्यकर हुन्छ भनी ज्ञान जानिन । कुभिन्डो वा लौका फल्यो भने पनि कसैले वास्ता नगर्नाले कुहिएर जान्छ । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला ।

तर भोलि ‘अंग्रेजी’ जान्ने मान्छे आएर कुभिन्डो, इस्कुस वा लौकाको महत्त्वबारे बोल्यो भने हामी उसको कुरा मान्छौं ।

‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौं ।

दाँत ,र बिगार्ने तिनै गुलिया र पत्रु खानेकुराहरू नै बालबालिकाले सबैभन्दा बढी मन पराउँछन् । गुलियोको मात्रा धेरै भएको खानेकुरा पाएपछि प्रायः बालबालिकाले अन्य स्वस्थ खाना खाँदैनन् । यसरी खानालाई बालबालिकाको प्रिय बनाउन गुलियोको मात्रा थप्ने व्यावसायिक चलनले जनस्वास्थ्यमा ठूलो नकारात्मक प्रभाव पार्ने गरेको छ । बालबालिकाले घरेलु खाना छोडेर गुलिया बिस्कुट, कुकिज, केक, चकलेट, आइसक्रिम, तयारी जुस, पेय पदार्थ मात्र दिन किन रुचाउँछन् ? त्यस्ता कुरा खान बालबालिकाले कसरी सिके ? कसले खान सिकायो ? कसरी घरमा सधैं उपलब्ध हुने गर्छ ? यस्ता प्रश्नबारे धेरै अभिभावकले ध्यान दिँदैनन् वा आधुनिक अभिभावक बन्ने होडमा बालबालिकालाई त्यस्ता पत्रु खाना खुवाइरहेको हेक्का रहन्न ।

डा.उप्रेतीको फेसबुकबाट  


एमसीसी उपाध्यक्षको टोली काठमाडौंमा

एमसीसी उपाध्यक्षको टोली काठमाडौंमा


काठमाडौं, २४ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगेकी छन् । कतारबाट काठमाडौँ आएकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् ।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
 


हतियार (लघुकथा)

हतियार (लघुकथा)


-डा.रवीन्द्र पाण्डे-

भित्रभित्रै तेस्रो विश्वयुद्धको तयारी भइरहेको थियो | क्षेत्रीय, राजनैतिक, आर्थिक, धार्मिक तथा अन्य कारणले विश्वयुद्ध भएमा त्यसको लागि जल, स्थल तथा नभमा सैनिक तथा शक्तिशाली हतियारको संग्रह बढ्दै थियो | अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायल, इरानलगायत विश्वका धेरै देशले आणविक हतियारको निर्माण तथा परीक्षणमा प्रतिष्पर्धा गरिरहेका थिए | अमेरिकाले मात्र २०१९ मा मात्र ७३२ डलर बिलियन सुरक्षा बजेट छुट्याएको थियो भने अन्य शक्तिराष्ट्रले पनि सुरक्षामा ठूलो लगानी गरेका थिए | आरपिगी, एसएएम, एएच – ६४ अपाचे गनशिप, एफ -३५ लाइटिंग २, निमिज क्लास एयर क्राफ्ट क्यारियर, केमिकल विपन, अग्नि मिसाइल, त्रिडेन्ट-२ लगायतका खतरनाक हतियारको संग्रह बढ्दै थियो | एके - ४७ एसल्ट राइफल मात्र ७५ मिलियन थिए भने डेथ नोटजस्ता खतरनाक हतियारको खरिदबिक्रि पनि बढ्दै थियो |

हेक्लर एण्ड कोच, ईस स्निपर राइफल, प्रति मिनेट २०००- ६००० राउण्ड प्रहार गर्ने एम १३४ मिनिगन, युएसआइएनजीका युनाइटेड स्टेट्स नेभीजस्ता (युएसएस जुम्वाल्ट - डीडीजी १००० ) समुन्द्रमा हान्ने युद्ध सामग्री अन्य देशमा पनि रेती लगाएर बसेका थिए | लकिड मार्टिन एफ -३५ लाइटिंग २, छेन्दु जे – २०,सुकोई सु – ५७, डासल्ट राफल, युरोफाइटर टाइफुन, बोइंग एफ – १५ एक्स, जेएफ – १७ थन्डर लगायतका फाइटर जेट तम्तयार भएर बसेका थिए | उत्तर कोरिया लगायतका देशले ब्यालेस्टिक मिसाइलको परीक्षण गरिरहेका थिए | जैविक हतियारहरु विश्वका धेरै प्रयोगशाला भरिभराउ अवस्थामा रहेका थिए | स्टक पाइल्समा अकल्पनीय हतियारको संग्रहालय नै थियो |

पृथ्वीलाई ध्वस्त गर्ने क्षमताका द बि -४१ हाइड्रोजन बम, जार बम, बि ५३ न्युक्लियर बम, १३ हजार ८० वटा न्युक्लियर वारहेडलगायतका धेरै आणविक हतियार पृथ्वीको गर्भमा राखिएको थियो | फोर्स अमेरिका, रसियन एयर फोर्स, द पिपल्स लिबेरेसन एयर फोर्स, इजरायली एयर फोर्स, इन्डियन एयर फोर्स लगायत धेरै देशका एयर फोर्स संख्या तथा गुणबत्ता बढाउन प्रतिष्पर्धा गरिरहेका थिए | त्रिशुल, अग्नि, अर्जुन, भिम क्षेप्यास्त्र भारतले राखेको थियो भने ती भन्दा कयौं गुणा टाढा हान्न सक्ने क्षेप्यास्त्र अमेरिका, रुस, चीन, उत्तर कोरिया लगायतका देशमा थिए | सैनिक ट्यांकको परेडले धरतीमा कम्पन छुटेको थियो |

अमेरिकी राष्ट्रपतिको सुरक्षाकर्मीले कालो सुटकेस बोक्ने गर्दथे | जसलाई न्युक्लियर फुटबल भनिन्छ | यसको स्विच थिच्ने बित्तिकै ठूलो क्षेत्रफल क्षणभरमै ध्वस्त हुन्थ्यो | यस्ता सुटकेस धेरै देशका राष्ट्रप्रमुखसंग थियो | आणविक बमले पृथ्वी ध्वस्त गर्न सक्छौं भन्ने थेगो गौरबको बिषय भएको अवस्थामा साना तथा गरिब देशहरु पनि आफ्ना नागरिकको पेट काटेर फौज र हतियारमा ठूलो लगानी गरिरहेका थिए | पृथ्वी र पृथ्वीबासीको आयु आणविक सन्तुलनमा चलेको थियो |

यसैबीच सन् २०१९ को अन्त्यमा चीनमा देखिएको कोरोना भाइरसले बिमान, जहाज, रेल तथा बसलगायत पुंजिबादको उत्पादनमा चढेर संसारको छातीमा आक्रमण गर्यो | कोरोना भाइरसले विश्वका गरिब राष्ट्रमात्र हैन धनी र शक्तिशाली राष्ट्रलाई पनि उत्तिकै आक्रमण गर्यो |

विश्वलाई ठप्प पारेको कोरोना भाइरससंगको युद्धमा खरबौं डलरका खतरनाक हतियारमा खिया लाग्यो | मास्क, स्यानिटाइजर र खोप अचुक अस्त्र साबित भए | ‘गेट, सेट एण्ड गो ’ को लागि तम्तयार करोडौं सुरक्षाकर्मी र खरबौं डलरका आणविक हतियारका मालिकले भने – मास्क, स्यानिटाइजर र खोपभन्दा अचुक अस्त्र अरु छैन |

डा.पाण्डेको फेसबुकबाट

 


 के अखाद्य रंग नखाएर पनि चाडपर्व मनाउन सकिँदैन र ?

के अखाद्य रंग नखाएर पनि चाडपर्व मनाउन सकिँदैन र ?


-डा.अरुणा उप्रेती-

'यस्ता पसलका मिठाईहरू, पेयपदार्थ र बट्टाका जुस नल्याउनू। केही नल्याउनु भए पनि हुन्छ, ल्याउने नै भए फलफूल ल्याउनू। बजारका चिसो पनि नल्याउनू,' मलाई घरमा भेट्न उपहार लिएर आउने प्रायःलाई मैले यही भन्ने गरेकी छु। बजारमा पाइने मिठाई कहाँ बनेको, कसरी बनेको भन्नेप्रति मलाई शंका हुन्छ।

अब जसैतसै चाडपर्व नजिक आउन थालेका छन्, तबतब पत्रिकामा समाचार आउन थाल्छन्, “मिठाई पसलमा सरकारी टोलीले अनुगमन गरेकोबारे। यसअघि समाचार आउने गर्थे, 'मिठाई र रसबरीमा भुसुना र साङ्ला फेला परेकाले मिठाई पसल सिलबन्दी गरिएको छ। वा, काठमाडौंका बागबजार, लाजिम्पाट, न्युरोड, नयाँबानेश्वरमा रहेको प्रसिद्ध मिठाई पसलमा छापा मारेर ढुसी परेको देखेर सरसफाईमा ध्यान दिन र ढुसी परेका मिठाई बिक्री बन्द गर्न निर्देशन दिइएको छ।“

यस्तो निर्देशन दिए पनि व्यापारीले मिठाई नष्ट गर्दैनन् भन्ने थाहा छ, अनुगमन गर्ने टोलीलाई। ती ढुसी परेका मिठाई मिसाएर नयाँ मिठाई बनाइयो भने ढुसी सबै गायब हुन्छ। मिठाई नयाँ नै देखिन्छ तर यसले एकछिन मुख मीठो गराए पनि कालान्तरमा स्वास्थ्यमा ठूलो हानि पुर्याउँछ भन्ने जानकारी प्रायः उपभोक्तालाई हुँदैन।

मिठाईमा परेका साङ्ला फालेर ग्राहकसामु ल्याउँदा त्यसको अवशेष कहाँ देखिन्छ र? अझ कतिजनाले 'साङ्ला त कति देशमा मीठो मानेर खान्छन््, त्यसैले साङ्ला र भुसुना परेर के भयो? बरु शरीरमा मासु पर्यो भने प्रोटिन नै हुन्छ' भन्न बेर छैन।

'हिलोले भरिएको फोहोरी भान्छा सफा गर्नू' भन्ने निर्देशन पनि प्रायः अनुगमन टोलीले दिन्छ, तर त्यो हिलो र फोहोरले भरिएको भान्छा पुनः सफा भयो कि भएन भनेर हेर्न कोही जाँदैन। उपभोक्ता त्यही फोहोर, हिलो खाइरहन्छन्, बिरामी परिरहन्छन्।

चाडपर्व आएपछि बारम्बार सरकारले थप कडाइसाथ अनुगमन गर्ने भनेर वक्तव्य निकाल्छ तर बारम्बार त्यो वक्तव्यलाई मिठाई पसलले बेवास्ता गरेर वागमतीमा बगाइदिन्छ। अझ कति ठाउँमा त सायद वागमतीको नदीजस्तै पानी हालेर मिठाई बनाइन्छ कि? आँखाले नदेखेपछि त्यो मिठाई कुन पानी, कस्तो दूध हालेर बनाइएको छ के थाहा र?

मेरी साथी बिरामी भएर बस्दा उनलाई फलफूलको जुस लिएर आउने मानिस धेरै थिए। उनले जुस खाइनन्, जुसका बट्टा पसलमा बेचेर झन्डै पाँच हजार रुपैयाँ लिइन् र पसलबाट आफूलाई चाहिने दैनिक जीवनका अन्य मालसामान किनिन्।

कति पसलेले मिठाईमा केशर मिसाएको छ भनेर उपभोक्तालाई लोभ्याउने पनि गर्छन्। केशर मिसिएको भनेपछि जिब्रोबाट र्याल चुहिन्छ नै। तर एक किलो केशरको झन्डै चार लाख रुपैयाँ जति पर्छ, मिठाई पसलेले साँच्चि नै केशर हालेर सस्तो र सुलभ तरिकाले मिठाई दिन सक्छ त? भन्ने प्रश्न उपभोक्ताले किन नगर्ने? खान हुने रंग मिठाईमा हाल्यो भने मिठाई एकदमै महँगो हुन्छ, अनि सर्वसाधारणले किन्दैनन्, त्यसैले खान नहुने रंग मिसाएर मिठाईलाई आकर्षक बनायो अनि सस्तोमा बेच्यो। पसले पनि खुसी, उपभोक्ता पनि सस्तोमा राम्रो मिठाई पाइयो भनेर खुसी। उपभोक्ताले यसरी अखाद्य रंगले कसरी स्वास्थ्यमा नराम्रो असर पर्छ भन्ने थाहा पाए भने यस्ता खुसी बिस्तारै हराउँछ।

प्रायः उपभोक्ता यस्तो कुरा थाहा पाउनै चाहँदैनन्। यसरी केलाएर हेरेर त कसरी जिन्दगी चल्छ र? जति आलोचना गरे पनि बाहिरका खाना नखाईकन कहाँ साध्य हुन्छ र? तर मिठाई त चाडपर्वमा मात्र खाइन्छ, त्यतिले त के नराम्रो हुन्छ होला र? भन्ने बुझाइले सबै उपभोक्ता यसरी मन्द विष खाइरहन्छन्। यसरी फोहोरी मिठाई, अखाद्य रंग नखाएर पनि के चाडपर्व मनाउन सकिँदैन र?

डा.उप्रेतीको फेसबुकबाट साभार


 तीजअघि नै पशुपतिनाथ मन्दिर खोल्ने तयारी

तीजअघि नै पशुपतिनाथ मन्दिर खोल्ने तयारी


काठमाडौं, १८ भदौ । पशुपतिनाथ मन्दिर खोल्ने तयारी गरिएको छ । हरितालिका तीजको आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ ।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए । 

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो ।

कोरोनाको जोखिम कम हुँदै गएपछि नेपाली महिलाको महान् चाड हरितालिका (तीज) को अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो । कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन् ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti