07 Kartik, 2078 / 24 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


काठमाडौं, ७ कात्तिक । सरकारले आजदेखि देशभरका बालबालिकाका लगि भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ। ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दशैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो। बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।


७०८ जना कोरोना संक्रमित थपिए

७०८ जना कोरोना संक्रमित थपिए


काठमाडौं, ५ कात्तिक। नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो ।    
    
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८।५ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।    
    
पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन् ।  यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।२ प्रतिशत रहेको छ । आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको छ ।  त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष ९आइसियु०मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । आज ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ९४ हजार २७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २३७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।    
 


आलमको मुद्दामा भएन सुनुवाइ

आलमको मुद्दामा भएन सुनुवाइ



काठमाडौं, ५ कात्तिक ।  १३ वर्षअघि इँट्टाभट्टामा मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको हो ।

विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

शुक्रबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो । यसअघि पनि आलमको मुद्दामा पटक पटक पेसी तोकिएको थियो । यद्यपि उक्त रिट निवेदनमा विभिन्न कारणले सुनुवाइ स्थगित हुँदै आएको छ ।

आलम रौतहटबाट निर्वाचित सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका हुन् । जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमै राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको छ । तल्लो अदालतको सो आदेशविरुद्ध आलमले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
 


थप ५४५ जनामा कोरोना संक्रमण

थप ५४५ जनामा कोरोना संक्रमण



काठमाडौं, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ । 


यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् । 
 


स्रोत नखुलेको ८० लाखसहित अभियुक्त पक्राउ

स्रोत नखुलेको ८० लाखसहित अभियुक्त पक्राउ



काठमाडौं, ४ कात्तिक । प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुधबारराति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको उक्त रकमसहित काठमाडौंं कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई  पक्राउ गरेको हो ।     
     
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको  हो । अभियुक्तको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद  ३० लाख रुपैयाँसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग ललितपुर पठाइएको प्रहरीले बताएको छ ।


डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा

डुबानमा परेको दुहबी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा



काठमाडौं, ४ कात्तिक । सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर बिहीबार विहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको छ ।

‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेसनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौं,’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘अब दुहबी सबस्टेसनबाट निकालिएका लाइनको क्रमशस् चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिरहेका छौं ।’

प्रदेश नं १ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य सबस्टेसन दुहबी डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत आपूर्ति बन्द भएको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत आपूर्ति सूचारु भइसकेको छ ।

उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभीए छ ।


प्रधानमन्त्री देउवा सुदूरपश्चिममा

प्रधानमन्त्री देउवा सुदूरपश्चिममा



काठमाडौं, ४ कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपायल हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट डडेल्धुरा, कञ्चनपुर हुँदै कैलाली जाने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा आज विहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरु एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किएका छन् । तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।


पानी पार्ने प्रणाली बाहिरियो, आजदेखि मौसममा सुधार    

पानी पार्ने प्रणाली बाहिरियो, आजदेखि मौसममा सुधार    


काठमाडौं, ४ कात्तिक । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । बिहीबार बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।     
     
“त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले भने, “कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठुलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     
     
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।     
     
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।     
 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल भारतको बिहारमा  रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। 

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर आन्शिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक ०४ गते (बिहिवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको   

राती: देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश नं १  गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको   

२०७८ कार्तिक ०५ गते (शुक्रवार)

दिउँसो: प्रदेश न १प्रदेश न २वागमती प्रदेशर गण्डकी प्रदेशमा सामान्य वदली र सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश बागमती गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको   

राती: देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश बागमतीर गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको   

२०७८ कार्तिक ० गते (निवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश बागमती गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको   

राती: देशभर आंशिक देखि सामान्य वदली रहने छ।  बागमतीगण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको   

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य वदली रही प्रदेश नं बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


 लक्षित जनसङ्ख्याभन्दा बढीलाई कोरोनाविरुद्धको खोप 

 लक्षित जनसङ्ख्याभन्दा बढीलाई कोरोनाविरुद्धको खोप 


काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज मसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा त्यो लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले असोज मसान्तभित्र लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको बताए । 
मन्त्रालयका अनुसार लक्षित वर्गमध्ये ४२ दशमलव २ प्रतिशतलाई पहिलो मात्रा र ३३ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो । मन्त्रालयको असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्रमा लक्षित सबै नेपालीलाई खोप लगाउने योजना रहेको छ ।महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार सात सय १० मात्रा खोप नेपाल आइसकेको छ । 
अब दुई करोड ४१ लाख ५८ हजार सात सय ८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने उनले बताए । बालबालिकालाई लगाउने फाइजर एक लाख ६ सय २० मात्रा खोप यही अक्टोबरको अन्तिममा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।
 


घट्यो कोरोना संक्रमणदर, पाँच प्रतिशतभन्दा कम संक्रमित

घट्यो कोरोना संक्रमणदर, पाँच प्रतिशतभन्दा कम संक्रमित


काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा सङ्क्रमण देखिएको थियो ।     
उनका अनुसार हिजोको सङ्क्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो ।     
कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण सङ्क्रमण घट्दै गएको देखिएको छ । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।     
यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।     
  
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti