07 Kartik, 2078 / 24 October , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पूर्वी नेपाल जाँदै

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पूर्वी नेपाल जाँदै


काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पीडितको अवस्था अवलोकन गर्न प्रदेश १ जाने भएका छन्। आइतबार बिहान उनी प्रदेश १ का चार जिल्ला जान लागेको बताइएको छ। प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम र पाँचथरका जिल्लामा बाढीले पुर्‍याएको क्षति तथा हालको अवस्थाको अवलोकन गर्ने छन्। त्यस्तै उनले चारै जिल्लाका पीडितहरूसँग भेटघाट समेत गर्ने बताइएको छ। उनी बिहान ८ बजे गएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ। यसअघि उनी सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाढीले पुर्‍याएको असरको अवलोकन गरेर फर्किएका थिए।


एमालेको आज देशभर वडास्तरका अधिवेशन हुँदै

एमालेको आज देशभर वडास्तरका अधिवेशन हुँदै


काठमाडौं, ६ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार देशभर वडास्तरका अधिवेशन हुँदै छ। वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै छन्। उद्घाटन समारोहलाई इन्टरनेटको पहुँच भएका वडामा ‘डिस्प्ले’ गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। 
एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ। यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । 
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बागमती प्रदेशको चितवनमा हुनेछ।
 


प्रधानन्यायाधीशको भूमिकामाथि शंका उत्पन्न भयोः पूर्व न्यायाधीश फोरम

प्रधानन्यायाधीशको भूमिकामाथि शंका उत्पन्न भयोः पूर्व न्यायाधीश फोरम



काठमाडौं, ५ कात्तिक । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकामाथि शंका उत्पन्न भएको जनाएको छ। न्यायाधीश फोरमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको भूमिकाले अदालतको विश्वसनीयता घटाएको बताएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक  प्रावधानभन्दा माथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफै न्यायकर्ता हुने गरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफै सामेल हुने अभिरुची र प्रयासले सम्पूर्ण न्यायिक मूल्य र  मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न हुनुका साथै प्रधानन्यायाधीशको भूमिका उपर नै यथार्थपरक रुपमा शंका खडा भएको छ।’

अनुभवी न्यायाधीशहरुलाई उपेक्षा गरी न्यायिक नेतृत्व र राजनीतिक दलबीचको भागबण्डाका आधारमा अनुभवहीन व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिनुले न्यायिक विचलन र विकृति बढ्दै गएको देखिएको न्यायाधीश फोरमको ठहर छ।
सत्ता गठबन्धनमा प्रधान्यायाधीशले भागबण्डा खोजेको कुराले पनि संविधानले प्रत्याभूत गरेको शक्ति सन्तुलन र नियन्त्रणको मूलभूत सिद्धान्त नै समाप्त हुने आशंका बढाएको फोरमले उल्लेख गरेको छ।


 


एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनका विषयमा छलफल गरिने

एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनका विषयमा छलफल गरिने


काठमाडौं, ५ कात्तिक । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजे स्थायी कमिटीको बैठक बस्न लागेको हो। बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ। 
बैठकमा असार २७ गते भएको १० बुँदे सहमति र त्यसपछि भदौमा जारी भएको अन्तर पार्टी निर्देशन १२ कार्यान्वयनको विषय नै केन्द्रित हुनेछ। १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा बनेको कार्यदलले आजको स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्नेछ। त्यसपछि त्यसलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा नै छलफल केन्द्रीत हुनेछ।


वाग्मती प्रदेश सभाको बैठक कात्तिक १० सम्मका लागि स्थगित

वाग्मती प्रदेश सभाको बैठक कात्तिक १० सम्मका लागि स्थगित


मकवानपुर, ४ कात्तिक । बागमती प्रदेशको बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको अर्को बैठक आउँदो १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । त्यो बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि थप छलफल हुने सभामुख श्रेष्ठले बताए । 

आज बिहीवार दिउँट्बाठो बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो । मुख्यमन्त्री शाक्यले संसदमा विश्वासको मत माग्दै सरकारले गरेको ६२ दिनको कामका बारेमा सांसदहरूलाई जानकारी गराएकी थिइन् । बैठकमा विपक्षी दलका नेताहरू मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी भएका थिए ।


माओवादी केन्द्रले विभाग र प्रतिष्ठान प्रमुखको टुङ्गो लगायो

माओवादी केन्द्रले विभाग र प्रतिष्ठान प्रमुखको टुङ्गो लगायो


काठमाडौं, ४ कात्तिक । नेकपा माओवादी केन्द्रले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहेका छन् । यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर रहेकी छिन्। 

यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ रहेका छन्। 

स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल तोकिएका छन। स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन। पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ रहेका छन्।

यस्तै शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, सङ्गठन विभागमा जनार्दन शर्मा, सङ्घीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसङ्ख्या विभागमा कल्पना धमलालाई संयोजक तोकिएको प्रवक्ता महराले जानकारी दिएका छन् ।

सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र झा छन् । विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको छ। बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको छ । 


एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, ४ कात्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे बस्न लागेको हो । केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
मुख्यगरी बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषयमा छलफल हुने एजेण्डा तय भएको छ । 
त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने तामाङले बताए।

विधान महाधिवेशन सकिएपछि पार्टीको कुनै तहको बैठक बसेको थिएन। त्यस्तै स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ।
 


तत्काल राहत र पुनर्स्थापनामा लाग्न प्रधानमन्त्रीको निर्देशन

तत्काल राहत र पुनर्स्थापनामा लाग्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, ३ कात्तिक ।  प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्वार, राहत र पुनर्स्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्‍लाई निर्देशन दिएका छन् । राहत र पुनर्स्थापनाका लागि बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समेत उनले निर्देशन दिएका छन् ।

बुधबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।


प्रधानमन्त्री देउवाले ठूलो क्षति हुने गरी देशभर भएका बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर सेल्टर बनाउने, घरहरु पुनर्निर्माण गर्ने, राहत र पुनर्स्थापनाको कार्य गर्ने तथा धान बालीमा पुगेको क्षतिको विवरण आंकलन गर्ने र त्यसका आधारमा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
 


मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने



काठमाडौं, ३ कात्तिक । बागमती प्रदेशसकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छिन् । 
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको थियो । 

बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको छ ।  बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन्। 


 राप्रपा जिल्ला अधिवेशन कात्तिकमा हुने

 राप्रपा जिल्ला अधिवेशन कात्तिकमा हुने



काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला अधिवेशनको समयावधि आगामी कात्तिक १४ गतेसम्म तोकेको छ ।     
     
आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुन लागेको महाधिवेशनका सन्दर्भमा सक्रिय सदस्यता वितरणको समयावधि कात्तिक १० गतेसम्मका लागि थप गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।     
     
प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक ११ देखि १७ गतेसम्म गरिने छ । सात प्रदेश कार्यसमितिको अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने जनाइएको छ ।     
     
जिल्लाका हकमा सक्रिय सदस्यता वितरण तथा डिजिटल इन्ट्रि गर्ने म्याद कात्तिक १५ गतेसम्म, प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन कात्तिक १७ गतेसम्म र जिल्ला अधिवेशन कात्तिक २३ गतेसम्म सम्पन्न गरिने छ ।     



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti