15 Mangshir, 2078 / 1 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड




न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड


काठमाडौं, ५ कात्तिक  । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयमा बिहान ९ बजे आयोजित कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ।

यो आईपीओमा कुल २२ लाख ५५ हजार ८४ आवेदकबाट २ करोड ७० लाख ८९ हजार १५० कित्ता सेयर माग भएको थियो। जसमा १३ हजार ९४६ आवेदकबाट माग भएको कुल १ लाख ८४ हजार ७० कित्ता सेयर बदर भएको छ। 

क्यापिटलका अनुसार २२ लाख ४१ हजार १३८ आवेदकबाट परेको २ करोड ६९ लाख ५ हजार ८० कित्ता सेयरमात्र सदर भएको छ। सदर आवेदकमध्ये २ लाख ९ हजार २५० आवेदकले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट https://nhl.com.np/ , बिक्री प्रबन्धक ग्लिोबल आईएमई क्यापिटलको वेबसाइट  https://www.globalimecapital.com/ , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti