15 Mangshir, 2078 / 1 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो, अझै ३३ बेपत्ता




बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो, अझै ३३ बेपत्ता


काठमाडौं, ७ कात्तिक । बाढी, पहिरो र डुबानमा परी हालसम्म १ सय १३ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वर्षाजन्य विपत्का घटनामा परी देशभर ३३ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। त्यस्तै विपत्का घटनामा परी देशभर ३२ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।
बाढीका कारण जम्मा २ हजार २३२ वटा घर डुबानमा परेका छन्। ७१ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १८६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १८८  वटा घर परिवार विस्थापित भएका छन्।
 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti